कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टि स्तरीय नबन्दा सम्म नछोड्ने अडान

 

धनगढी, २५ जेठ—कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात भएको आरोप लगाएका छन् । त्यसैकारण पार्टीले नराम्रो संग पराजय हुनु परेको उनले बताएका छन् । यस्तो अन्तरघात गर्नेलाई आफुले कनै पनि हालतमा नछाड्ने भन्दै पार्टीलाई पहिलेकै स्तरमा नल्याउदा सम्म आफु नहट्ने समते बताए ।

शुक्रबार धनगढीमा कांग्रेस कैलाली प्रथम जिल्ला अधिवेशनको उद्घाटनमा पुगेका पुर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले यस्तो धारणा राखेका हुन् । सर्वसत्तावादले देशमा जर्बजस्ती आफ्ना विचार लाद्न थालेको समेत उनले आलोचना गरे । यस्तो हुन नदिने र प्रजातन्त्रको कमजोरी उठाउन नदिने देउवाले सुनाए । धनगढीको गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गरेको र यतिबेला ओली सरकारले भारत संग मिलेर षड्यन्त्र गरेको आरोप लगाए । देउवाले यस्तो कुनै पनि हालतमा हुन दिने बताए ।