शुक्रबारदेखि नेपालमा मनसुन सुरु

काठमाडौं, २५ जेठ—शुक्रबारदेखि नेपालमा मनसुन सुरु भएकोछ । औसत समय भन्दा दुई दिन अघि यो पटक मनसुन सुरु भएको इकान्तिपुर डटकममा समाचार लेखिएकोछ । जस अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाकाले शुक्रबार पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको जनाएकोछ ।
विशेषत नेपालमा चाहि जेठ २७ गते देखि मनसुन सुरु हुने गर्थ्यो । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले मनसुन क्रममा पश्चिमतर्फ विस्तार हुने रहेको र केहि दिन भित्रै नेपालभर फैलिने अनुमान समेत गरिएकोछ । चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिने बताइएकोछ । यो अवधिमा वार्षिक वर्षाको झन्डै ८ सय ५ मिलिमिटर वर्षा हुन्छ ।