ठेकेदारको लापरवाहिले मेलम्ची खानेपानी योजना लम्बीने

काठमाडौं २५, जेठ—ठेकेदार कम्पनीले मेलम्ची खानेपानी आयोजनामा लापरवाही गरेको थाहा पाएपछि सरकारले समस्या समाधान गर्न कुटनीतिक पहल सुरु गरेको छ । इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिरेस्टी(सीएमसी) ले मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको थियो ।
यसले लापरवाहि गरेकै कारण सरकार अफ्ठ्यारोमा परेको बताइएकोछ । विभिन्न कारण देखाउदे कम्पनीले १ अर्ब ६५ करोड क्षतिपुर्ति र थप ४ सय ६० दिन सम्म नेपाल सरकारसंग माग गरेको बताइएकोछ । यिनै विभिद कारणले गर्दा मेलम्ची आयोजनाको काम अझै डेढ वर्ष लाग्न सक्ने खानेपानी मन्त्री विना मगरले बताइन् । उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली समक्ष भेटघाट गरि इटाली सरकारमार्फत कुटनीतिक पहल थाल्न समेत आग्रह गरिन् ।