डा. गोविन्दको नया माग

 

काठमाडौं २५, जेठ—डा. गोविन्द केसीले नया माग सहित आएकाछन् । यतिबेला उनले उठाएको विषय स्नातकोत्तर तहपछि छात्रवृत्तिका विद्यार्थीले गर्नुपर्ने अनिवार्य सरकारी सेवाको अवधि ५ वर्षको सट्टा २ वर्ष बनाउन माग गरेका छन् ।

विज्ञप्ति जारी गर्दै अहिले सम्म दिइएको छात्रवृत्तिमा ५ वर्षे स्नातक तहका कार्यक्रमपछि २ वर्ष अनिवार्य सेवामा खटाउने गरिएको थियो भने अव वर्षे स्नाकोत्तरपछि त्यसभन्दा बढीको अनिवार्य सुविधा व्यवाहारिक नभएको उनले बताएका छन् ।
चिकित्सा शिक्षा ऐन जारी हुंदा अनिवार्य सेवाको अवधि दुई वर्ष कायम गरिनुपर्ने उनले बताएका छन् । उनका अनुसार चिकित्सा शिक्षा अध्यादेश दोस्रोपटक जारी भइसके पनि उचित रुपमा त्यसको प्रतिस्थापन विधेयक ल्याउने काममा चाहि राजनीतिक दलले आलटाल गरेको आरोप लगाए ।