करेन्ट लागेर एकै परिवारका दुईजनाको मुत्यु

काठमाडौ, २३ जेठ— जनकपुर उपमहानगरपालिका(१७ कनकपट्टीमा )करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
विद्युतीय सामाग्री मर्मतको क्रममा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक दुवै दाजुभाइ हुन् । करेन्ट लागेर दुवैजनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।