मोनिका बनिन दोस्रो मिस एलिगेन्स नेपाल

 

काठमाडौ, २३ जेठ— दोस्रो ‘मिस एलिगेन्स नेपाल–२०१८’को उपाधि मोनिका श्रेष्ठले चुमेकी छिन् । राजधानीका जमल स्थित राष्ट्रिय नाचघरमा सोमबारसम्पन्न सो प्रतियोगितामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै मिस एलिगेन्स नेपालको ताज चुम्न मोनिका सफल भएकी हुन् । उनले बेस्ट वाक र बेस्ट ड्रेसको उपाधि पनि जितिन् ।

प्रतियोगितामा व्युटी विथ ब्रेन सहित फस्ट रनरअप अञ्जली थापा र मोस्ट फोटोजेनिक सहित सेकेन्ड रनरअप सफलता शर्मा घोषित भए प्रतियोगिता इम्पेरियल क्विन ईभेन्टस्द्वारा आयोजना गरिएको थियो ।