नारायणगढ–मुग्लिन सडक आजबाट चौबिसै घण्टा खुल्ला

काठमाडौ, २३ जेठ — बुुधबाबाट नारायणगढ–मुग्लिन सडक चौबिसै घण्टा खुुल्ने भएको छ । यसअघि दिउँसो ६ घण्टा बन्द हुने सडक आजदेखि चौबिसै घण्टा सुुचारु हुुने भएको छ ।
सडक निर्माणको काम साढे ९१ प्रतिशत पुरा भएको छ । ३६ किलो मिटर लामो नारायणगढ मुग्लिन सडकको ३३ किलो मिटरलाई एसियाली मापदण्ड अनुरुप दुई लेनको बनाइदै छ । सडकलाई तीन खण्ड बनाएर फरक फरक निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको छ। पहिलो तहको कालोपत्रे सवै सडकमा पुरा हुँदा दोस्रो तहको कालोपत्रे लगभग ३२ किलो मिटरमा भएको छ। अन्तिम अर्थात तेस्रो तहको कालोपत्रे लगभग १३ किलो मिटरमा मात्रै भएको छ।