संसद् सचिवालय सचिव कार्कीले दिए राजीनामा

काठमाडौ, २३ जेठ— संसद् सचिवालय सचिव वीरेन्द्रबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् । संसद् सचिवालय व्यवस्थापन समितिको मंगलबारको बैठकले कार्कीको राजीनामा स्वीकृत गरेको छ । १७ महिनाअघि सचिवमा बढुवा भएका कार्कीको अझै तीन वर्ष नौ महिना सेवा अवधि बाँकी थियो।

उनले सरकारले ल्याएको स्वेच्छिक अवकाश कार्यक्रमका लागि समेत निवेदन दिएका थिए। स्वेच्छिक अवकाश कार्यक्रम रोकिएपछि मंगलबार उनले पदबाट राजीनामा दिएका हुन्।