दाताको खर्चमा सांसदलाई तालिम

 

काठमाडौ,२३ जेठ— संघीय संसद सचिवालयले संसद सुरु भएको ३ महिनापछि आज र भोली  संसदीय प्रक्रियाबारे सांसदलाई अभिमुखिकरण प्रशिक्षणा सुरु गरेको छ । राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा जारी कार्यक्रमको उद्घाटन शत्रमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले विषयगत भन्दा पनि प्रक्रियाका बारेमा जानकारी गराउन अयाोजित अभिमुखिकरण फलदायी हुने बताए । बीच संसद् सचिवालयले ‘संसदीय प्रशिक्षण’ शीर्षकमा ३७ लाख ५० हजार रुपैयाँ बजेट छुट्टयाए पनि राष्ट्रसंघीय विकास कार्यक्रम (यूूएनडीपी) को लगानीमा प्रशिक्षण दिएको भन्दै सांसदले नै असन्तुष्टि व्यक्त गरेका छन् । अभिमुखिकरण कार्यक्रम सुरु हुनसाथ राप्रपा महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले यूूएनडीपीको लगानीमा कार्यक्रम आयोजना गरिएको समाचार आएको भन्दै कसको लगानीमा कार्यक्रम आयोजना गरिएको भन्ने स्पष्ट पार्न माग गर्नुभएको थियो । संसद सचिवालयका पदाधिकारीले संसद भित्रकै लगानीमा कार्यक्रमको आयोजना गरिएको बताएका छन् । यद्धपी दुई दिने अभिमुखिकरण कार्यक्रमको सम्पुर्ण लगानीको जिम्मा यूएनडीपीले नै लिएको छ ।