बालविवाह अन्त्य गर्न घर —घरमा पत्र

काठमाडौ, २२ जेठ — रुकुुमको चौरजहारी नगरपालिका वडा नं. १० ले प्रत्येक वडावासीलाई बालविवाह रोक्न पत्र पठाएको छ । वडावासीलाई आफ्ना छोरा छोरीको उमेर नपुगि विवाह नगराउन तथा हुन नदिन पत्राचार गरेको वडाले जनाएको छ । नेपाल सरकारको सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने राष्ट्रिय रणनीति अनुसार यस्तो अभियान थालिएको जनाइएको छ ।
चौरजहारी नगरपालिका वडा नं. १० ले दुई वर्ष भित्र वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखेको छ ।
पत्रको मर्म विपरित कसैले पनि २० बर्ष नपुगि विवाह गर्ने, गराउने गरेको भेटिएमा कानुन बमोजिम कारवाही गरिने वडाले निर्णय गरेको छ ।