अनुमति बिना संचालीत औषधि पसल शिलबन्दी

 

नेपालगञ्ज, २२ जेठ—औषधी व्यवस्था विभाग नेपालगञ्ज बाकेंले दुई औषधि पसलमा शिल बन्दी लगाएकोछ । अनुमति बिना सञ्चालन गरेको पसल भएकाले बन्द गरिएको हो ।
नेपालगञ्ज १८ कारकादोस्थित लामा मेडिकल हल र कोहलपुर ११ स्थित जीवन ज्वाला मेडिकल हल अनुमति बिना नै औषधि बिक्री गरेको भेटिएको थियो । औषधि व्यवस्था विभाग नेपालगञ्ज फार्मेसी निरिक्षक यादव प्रसाद ढाकालले अनुमति बिना नै औषधि विक्री गरेको जानकारी दिए ।