बर्षातको कारण पृथ्वीराजमार्ग अवरुद्ध

 

काठमाडौ, २२ जेठ — बर्षा बढेसगै पृथ्वीराजमार्ग अवरुद्ध हुन थालेको छ । राजमार्गसँग जोडिएर ग्रामीण भेकमा लैजाने ग्रामिण सडकका वाट आएको हिलो, लेदो र राजमार्ग संगै जोडिएका वालुवा खानीहरुवाट आएको लेदोले गजुरी जहरे देखि गल्छी बैरेनी हुँदै महादेव बेँसी सम्मका विभिन्न स्थानमा पटक पटक राजमार्ग जाम हुने गरेको छ । राती देखि परेको वर्षाका कारण राजमार्गको माथि तिर जताततै खुलेका ग्रामीण सडक र बालु्वा उत्खनन स्थलहरुबाट लेदोमाटो बग्दै राजमार्गमा थुप्रिन थालेपछि पृथ्वीराजमार्गमा आवागमन ठप्प हुन पुगेको हो । सडकमा थुप्रिएको लेदो माटो स्काभेटरको सहायताले पन्छाएपछि बिहान ८ बजेबाट एकतर्फी खुलेको र ११ बजे पूर्ण रुपमा अवरोध हटाइएको वैरेनीस्थित प्रहरीले जनाएको छ ।