सिमाको सम्बन्ध सुधार्न ‘फोर्स मार्च’

कञ्चनपुर, २१ जेठ—नेपाल—भारत सिमा क्षेत्रमा धेरैजसो विवाद आइरहन्छ । र यो निकै पुरानो गाठो हो । विवादकै कारण दक्षिण जिल्लाको क्षेत्रमा पर्ने बेल्डांडी गाउपालिका र बेलौरी र पुनर्वास नगरपालिकामा स्थानीय र भारतीय सुरक्षाकर्मी बिच झडप समेत भएको थियो ।
यतिबेला सशस्त्र प्रहरीले दुवै सामावासीको समस्या समाधान गर्न र शान्तिपुर्ण वातावरण सिर्जना गर्न सशस्त्र प्रहरीले खास अभियान थालेकोछ । आइतबारदेखि जिल्लाको दक्षिणी क्षेत्रमा एकहप्ताको लागि ‘फोर्स मार्च’ सुचारु गरेको छ । स्रोत इकान्तिपुर डटकम बाट लिइएको हो ।