प्रधानमन्त्री ओलीको प्रतिबद्धता : ‘छुवाछुत गर्नेलाई उन्मुक्ति दिइने छैन’

काठमाडौं, २१ जेठ—जातीय छुवाछुत र विभेद विरुद्ध दृढताका साथ उभिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई आग्रह गरेका छन् । विगतमा प्रचलित सती प्रथा, दास प्रथा, कमैया प्रथा अहिले हराए जस्तै सबै एक जुट भएर लागे छुवाछुत पनि विस्तारै हराउने उनको तर्क थियो ।
राजधानीमा सोमबार छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा उनले शुभकामना दिदै यस्तो विचार राखेका हुन् । जातिय छुवाछुत राष्ट्रको आधुनिक, मानवता, कानुन र सभ्स समाजकै लागि चुनौति रहेको बताए । नैतिक भ्रष्टाचार, मानवीय आत्म सम्मानको अपराध छुवाछुत रहेको प्रधानमन्त्रीले दावी गरे । ‘छुवाछुत गर्नलाई उन्मुक्ति दिइने छैन,’ उनले भने, ‘यो हाम्रो प्रतिबद्धता हो ।’ उनले संविधानले नै दलित समुदायको पक्षमा रहेको भन्दै यसको प्रतिफलस्वरुप स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व २२ प्रतिशत पुगेको बताए ।