डोल्पामा आगलागि १० लाख क्षति

 

डोल्पा—दुनै बजारको टोलमा आगलागी हुदा १० लाख बराबरको धनमाल क्षति भएकोछ । दुनै बजार डोल्पाको सदरमुकाममा पर्छ । शनिबार दिउसो सरस्वती माध्यामीक विद्यालय नजिकै पर्ने पवित्रा बडुवालको घरमा रहेको उनकै होटलको भान्सा कोठामा आगलागि सुरु भएको थियो ।
आगलागि विजुली सट भएर भएको अनुमान लगाइएकोछ । कोठा, मालसामान, कपडा गरि १० लाख रुपैया बराबरको क्षतिभएको अनुमान छ ।