संघीय संरचनामा १ लाख ११ हजार कर्मचारी आवश्यक पर्ने

काठमाडौं, १९ जेठ—सामान्य प्रशासन मन्त्रालयले संघीय संरचना अनुसार तीन तहको सरकार चलाउन १ लाख ११ हजार कर्मचरी आवश्यक रहेको बताएकोछ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका निमित्त कर्मचरी आवश्यकता पर्ने खुलेको हो ।
कर्माचारीको संगठन(ओएनएम) ले यस्तो तय गरको हो । निजामति कर्मचरी सेवामा अहिले करिब ८६ हजार छन् भने, अब अझै २५ हजार कर्मचारी थप्नु पर्ने छ । त्यस्तै, प्रशासन सेवाका कर्मचारी झन्डै ५० हजार रहनेछन् । स्वास्थ्य सेवासहित चाहि कर्मचरी १ लाख १७ हजार जति पुग्ने अनुमान छ ।