ट्रम्प र किम जोङ बीच १२ जुन मा भेटवार्ता हुदै

एजेन्सी—उत्तर कोरियारली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुन मै १२ मा भेटवार्ता हुने निश्चीत भएकोछ । शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र किम जोङ निकट जनरल किम योङ चोलबीच भेटवार्ता भएपछि सिंगापुरमा १२ जुनमै भेटवार्ता गर्ने निर्णय भएको हो ।
यस अघि तय भएको भेटवार्त अमेरिकाले एकतर्फी भएर रद्ध गरेको थियो । ट्रम्पले उत्तरकोरियालाई आरोप लगाउदै भेटवार्ता रद्ध गरेका थिए । दुवै मुलुकका कुटनीतिज्ञहरुले भेटवार्ता गराउन भने निकै कसरत गरेका थिए ।