उपप्रधानमन्त्री यादवप्रति सप्तरीबासीको बढ्दो आश : स्वास्थ्य क्षेत्रमा विकास हुने विश्वास

सप्तरी, १९ जेठ—सप्तरीबासी जिल्लाको विकास हुनेमा स्थानीय आशावादी देखिएकाछन् । यसको उज्यालो प्रकाश चाहि संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा आएपछि भएको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनका बेला जनतालाई दिएको आश्वासन र बाचा अब पुरा हुने विश्वासमा सप्तरीबारी छन् । उपेन्द्र यतिबेला उप्रधानमन्त्री भएका छन् ।
प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका छन् । त्यस्तै,शहर विकास मन्त्रीमा संघीय फोरमकै इस्तियाक राइन भएका छन् । दुवैजनाले शुक्रबार शपथ ग्रहण गरिसकेका छन् । मन्त्री र स्वास्थ्य सचिव दुवै सप्तरीकै भएकाले त्यहाको अबको स्वास्थ्यस्थितिमा सुधार आउने विश्वासमा सप्तरी बासी रहेको देखिन्छ ।