सिद्धार्थ राजमार्गमा पहिरो निरन्तर, बाटो बनाउन ६ घन्टा सडक बन्द

 

बुटवल, १९ जेठ—सिद्र्धाथ राजमार्गमा खसेको पहिरो हटाउन सास्ती परेकोछ । तिनाउ—३ मा खसेको पहिरो हटाउन र सडक मर्मत गर्न शनिबारदेखि दैनिक ६ घन्टा सडक बन्द गरिएको स्रोतले जनाएकोछ । डिभिजन सडक कार्यलय पाल्पाका अनुसार विहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरेको खुलाएको छ ।
सिद्धबाबा दोभानमा प्रत्येक दिन प्राय पहिरो गरिरहन्छ । यसले गाडी चालक र यात्रुहरु सबै भन्दा मर्कामा परेका छन् । पहिरो खुलाएपनि माथिबाट माटो खसिरहेको छ । यस्तो जोखिमले यात्रु र सवारी साधनमा असर पर्ने हुदा बाटो बन्द गरेर काम सुरु गरिएको हो । सिद्धार्थमा पहिरो जाने क्रम लामो समयदेखि छ । यसलाई स्थानीयले आचित भएर मृत्य मार्ग पनि भन्ने गरेकाछन् । यो मार्गको ३ किलोमिटर खण्ड पहिरोले अत्यन्त जोखिमपुर्ण मानिने गरिन्छ ।