राजदरबार हत्याकाण्डको १७ वर्ष पूरा, हत्याको कारण रहस्यमै

 

काठमाडौ,१९ जेठ —नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १७ वर्ष पूरा भएको छ । यति लामो समय बितिसक्दा पनि रहस्य भने खुल्न सकेको छैन ।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
घटनाको विभिन्न समयमा छानविन आयोगले प्रतिबेदनले पनि रहस्य खुल्न सकेन । घटनापछि ज्ञानेन्द« शाह राजा भए उनी राजतन्त्रका अन्तिम राजा हुन ।