कोरियन भाषाको परीक्षा २६ र २७ गते

काठमाडौ, १९ जेठ —रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने भएको छ । परिक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र १२ बजेदेखि ४ बजेसम्म दुई सिफ्टमा हुने भएको छ ।
काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ । त्यसका लागि २८ वटा केन्द्र तोकिएको छ ।