राष्ट्रकवि घिमिरे आज स्वदेश फर्किने

काठमाडौ, १९ जेठ—राष्ट्रकवि माधव प्रसाद घिमिरे आज स्वदेश फर्किने भएका छन । आन्तरिक रक्तश्राव नरोकिएपछि ९८ वर्षिय राष्ट्रकवि घिमिरेलाई गत जेठ ९ गते उपचारका लागि दिल्ली लगिएको थियो ।
हरियाणामा रहेको मेदान्त अस्पतालमा उपचार पछि स्वास्थ्यमा सुधार आएको छ । बिहान साढे १० बजे नेपाल वायु सेवा निगमको नियमित उडानबाट काठमाडौं फर्कन लागेको पारिवारिक सा्रतले जनाएको छ ।