वीर अस्पतालमा ‘फाइब्रो स्क्यान’ सञ्चालन

काठमाडौं, १९ जेठ— वीर अस्पतालले कलेजोको कडापन जाँच्ने अत्याधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ मेसिन सञ्चालनमा ल्याएको छ । चिकित्सकहरूका अनुसार सरकारी अस्पतालमध्ये ‘फाइब्रो स्क्यान’ मेसिन सञ्चालन गर्ने वीर अस्पताल पहिलो हो । कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्माको पहलमा रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ काठमाडौं मेट्रोले सो उपकरण अस्पताललाई हस्तान्तरण गरेका हुन । कलेजोमा हुने कडापनलाई सो मेसिनले सहजै पत्ता लगाउने जनाइएको छ ।
‘फाइब्रो स्क्यान’ मेसिनबाट कलेजो बिग्रिएकाहरूका लागि शल्यक्रियाविनै कलेजोको कडापन थाहा पाउन सकिन्छ । चिकित्सकहरूका अनुसार सो मेसिनलाई दुई करोड रुपैयाँ पर्छ ।
कलेजो कडा भएमा पेटमा पानी जमेर फुल्ने, रगत बान्ता हुने, बेहोस हुने र हातखुट्टा सुन्निनेजस्ता समस्या देखा पर्छन् । डा. मिश्रका अनुसार धेरै चिल्लो, मधुमेह, हेपटाइटिस बी र सीका कारण कलेजो कडा बन्छ ।