वृद्धभत्ता नबढ्नु् बारे प्रधानमन्त्रीको यस्तो जवाफ

 

काठमाडौ, १६ जेठ— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लोकप्रियताको लागि वृद्धभत्ता वृद्धि नगरेको बताए ।
वुद्धभत्ता वृद्धि नभएको भन्ने सम्बन्धमा उनले भने, ‘अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना नगरेकाले अहिले लोकप्रियताका लागि नयाँ निर्णय नगरेको हो ।’
‘ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।’ उनले भने ।
करको लक्ष्य कसरी हासिल हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले करका दायराहरूलाई बढाउँदै लगेर लक्षित राजश्वलाई उठाइने बताए ।
रासस