बजेटबारे साझा धारणा बनाउदै काग्रेस

 

काठमाडौ १६ बैशाख —सरकारले ल्याएको बजेटबारे साझा धारणा तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले केहीबेरमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरू हुँदैछ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसदमा आव २०७५र०७६ का लागि १३ खर्व १५ अर्वको बजेट पेश गरेका थिए।

बजेटबारे संसदमा छलफल सुरू हुनुपूर्व साझा धारणा बनाउन कांग्रेसले बैठक बोलाएको हो।

सरकारले ल्याएको बजेट बोझ बोकाउने खालको भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ। बिहान ११ बजेलाई बैठक बोलाइए पनि केही ढिला गरी बैठक सुरु हुन लागेको हो।

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा, उपनेता बिजयकुमार गच्छदार, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसहित सांसदहरू संसदीय दलको कार्यालयमा उपस्थित भइसकेका छन्। प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन्।