फास्ट ट्र्याकका लागि १५ अर्ब ३९ करोड

काठमाडौ,१६ जेठ— सरकारले काठमाडौं निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि १५ अर्ब ३९ करोड बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्ष २०७५र०७६ को बजेटमा द्रुतमार्गका लागि १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरिएको हो । यसमा नेपाल सरकारको ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट ९ अर्ब ७५ करोड रुपैयाँ खर्च गरिनेछ ।