फुटवलर अञ्जन केसी लगायत ६ जना प्रक्राउ

काठमाडौ १५,जेठ —फुटवलमा म्याच फिक्सिङको आरोपमा दुई वर्षअघि पक्राउ परेर अहिले पनि मुद्दा खेपिरहेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजको धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ परेका छन् ।
नेपाली राष्ट्रिय टिमबाट लामो सयम फुटवल मैदानमा रहेका केसी नेपाली फुटवलमा राम्रा खेलाडी मानिन्छन् ।
इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग जस्ता विदेशी फुटबल प्रतियोगिताहरुमा सट्टेबाजी गराएको आरोपमा केसीलाई सोमबार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीले केसी सहित काठमाडौं, भक्तपुर र ललितपुरबाट ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ रहेका छन् ।