सभापति माथि डा.शेखर कोइरालाको यस्तो ट्विट

काठमाडौं, १४ जेठ —कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले विधान पढ्न नभ्याएको भन्दै ट्विट गरेका छन । सोही अभिव्यक्तिलाई सामाजिक सञ्जाल ट्विटर मार्फत कटाक्ष गर्दै उनले लेखे
नेपाल प्रेस युनियनको २७ औँ वार्षिकोत्सवलाई आइतबार सम्बोधन गर्ने क्रममा देउवाले अब तीन वर्ष सभापतिमै रहने कसैले ‘गेट आउट’ भनेर नहट्ने बताएका थिए ।
उनले ट्विटरमा लेखेका छन ‘कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन आउन अझै ३ वर्ष बाँकि छ भन्नुभएछ । विधान अनुसार यो कार्यकालको समय अब १ वर्ष ९ महिना मात्रै बाँकि छ । सायद सभापतिजीले विधान पढ्न भ्याउनुभएको छैन कि !’