चलचित्र ’चि मुसी चि’को पहिलो गीत रिलिज (भिडियो)

काठमाडौ —श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै नेपाली चलचित्र ’चि मुसी चि’को पहिलो ’तिमीले माग्छौ भने’ गीत रिलिज गरिएको छ । सुरज अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर रहेको छ । यस चलचित्रलाई निर्देशक दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् ।