फोरम नेपाल सरकारमा सहभागी हुने, संविधान संशोधन गर्ने सहमति

काठमाडौ ,१४ जेठ —दुई बुँदे सहमतिसँगै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सत्तारुढ नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ  । ।