आयरल्याण्डमा गर्भपतन कानुुनलाई उदारमा मत बढी

काठमाडौ,१३ जेठ —आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनलाई उदार बनाइनुपर्ने पक्षमा ठूलो संख्यामा मतदान भएको छ । मत परणामका अनुसार ६६.४ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका छन् ।