रिजु बनिन १३ औ मिस नेवा

काठमाडौं, १३ जेठ — १३ औं संस्करणको ‘मिस नेवाः ११३८’ को ताज काठमाडौंकी रिजु मानन्धरले चुमेकी छिन् । आफ्ना २० प्रतियोगीलाई पछि पार्दै रिजु नयाँ मिस नेवाः को उपाधि जित्न सफल भएकी हुन् ।
शनिबार बेलुका काठमाडौंको त्रिपुरेश्वर स्थित आर्मी अफिसर्स क्लबमा नेप्लिज फेशन होमद्धारा सम्पन्न फाईनल प्रतिस्पर्धामा रिजुले उपाधि र ताज सहित २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । उनले पब्लिक च्वाईसको उपाधि पनि पाईन ।
नेवार समुदायका युवतीहरुबीच भएको सो प्रतियोगितामा १५ हजार रुपैयाँ सहित फस्ट रनरअपको उपाधि सरिसा श्रेष्ठले हाँसिल गरिन् । यस्तै ५ हजार रुपैयाँ सहित सेकेन्ड रनरअपको उपाधि मतिना मानन्धरले प्राप्त गरिन् ।