नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवस मनाइदै

काठमाडौ, १३ जेठ— लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम गरी आज २७ औं स्थापना दिवस मनाउँदैछ । विसं २०४८ जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारको भेलाले लोकतन्त्र र श्रमजिवी पत्रकारको पक्षमा सङ्गठित रुपमा अगाडि बढ्ने अठोटसहित नेपाल प्रेस युनियनको स्थापना गरेकाले जेठ १३ मा स्थापना दिवस मनाउने गरिएको हो । देशभरिका सवै जिल्लामा शाखा रहेको युनियनका कैलालीमा लम्की उपशाखा तथा काठमाडौँमा साँखु उपशाखासमेत छन् । साथै युनियनका सात वटा प्रतिष्ठान शाखा छन् भने गत नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । देशभर करिब आठ हजार पत्रकार युनियनमा आबद्ध रहेका छन् ।