दाङमा बढे झाडापखालाका बिरामी

काठमाडौ,१३ जेठ— दाङको शान्तिनगर गाउँपालिकामा झाडा पखालाका बिरामीहरुको संख्या बढ्दै गएको छ । बिरामी हुनेको संख्या ४ सय ३९ पुगेको छ ।स्थानीय माईलीपानी खानेपानी मुहानबाट वितरित दुषित पानीका कारण शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ र ४ मा झाडापखाला फैलिएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन ।