नेपाल तरुण दलका सभापति पक्राउ

काठमाडौ,१२ जेठ—  नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दी गरेको आरोपमा गुरुङ शुक्रबार राति नौ बजे पक्राउ परेका हुन्।

इटहरी वडा नं. २० मा तीर्थकुमारी गिरीसँग जग्गाका विषयमा केही वर्षदेखि किचलो रहेको थियो। त्यही जग्गा अमीन ल्याएर नापी गर्ने क्रममा शुक्रबार दिउँसो गुरुङका आफन्त सुरेश राईंले तीर्थका छोरा दिलबहादुरलाई एक झापड हानेका थिए । त्यसपछि दुई जनाबीच तानातान र हानाहान भएको थियो ।

त्यही उजुरीका आधारमा गुरुङ पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरी निरीक्षक राजन कार्कीका अनुसार, त्यो घटनामा संलग्न भएका अन्य केही फरार छन्। गुरुङ्लाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।