सुन तस्करी आरोपमा ल्हासा कारागारमा दुई नेपाली

काठमाडौ,१२ जेठ—  सुन बोकेको अभियोगमा रसुवाका दुई युवा एक महिनादेखि चीनको ल्हासा कारागारमा छन् ।
ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा चिनियाँ कारागारमा छन्। उनीहरुलाई करीब एक महिनाअघि नेपाली ट्रकमा नौ टुक्रा सुन राखी नेपालतर्फ ल्याउन लागेका बेलामा तिब्बत सरकार, भन्सार विभागका गुप्तचरले पक्राउ गरी ल्हासामा हिरासतमा राखेका थिए।