सन्दिपले पाए गाडीमा कर छुट

काठमाडौ,१२ जेठ — गत बुधवार टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दिएको थियो । नेपाल सरकारको नियम अनुसार लामिछानेले २४ लाख ९५ हजार पर्ने उक्त गाडी लिनको लागि सरकारलाई २५ प्रतिशत अर्थात ६ लाख २३ हजार ७ सय ५० रुपैया कर तिर्नुपर्ने हुन्छ । कर बापतको रकम सिप्रदीले नै तिर्ने सम्झौता भएपछि सन्दिपको कर छुट भएको छ ।
यो बापत लामिछानेले सिप्रदीको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने छन्। सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो।