सरकारले कामदार मलेसिया नपठाउने

 

काठमाडौ,१२ जेठ— सरकारले मलेसियामा कामका लागि कामदार जाने प्रक्रिया स्थगन गरेको छ । अब भिसा लागिसकेका बाहेक कामदार मलेसियामा जान रोकिएको छ ।
मलेसिया जाने कामदारमाथि भइरहेको अन्याय हटाउन मलेसियमामाथि नैतिक दाबव पर्ने विश्वास श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टको छ ।
श्रम मन्त्री बिष्ट यस्तो अवस्था नहटेसम्म कामदार मलेसिया पठाउन बन्द गर्ने मनस्थितिमा पुगेका छन् । युवालाई रोजगारीका लागि जाँदा नै ऋणको भारी बोक्नुपर्ने गरी अवैध रुपमा भइरहेको असुलीलाई वैधानिकता दिन नसकिने बिष्टको भनाइ छ ।