विद्यालयमा तीन शिक्षक, तीन बिद्यार्थी

काठमाडौ,१२ जेठ — बिद्यार्थी भर्ना अभियान सम्पन्न भइसक्दा बाँकेको एक सामुदायिक विद्यालयमा ३ जना शिक्षक बराबर ३ जना विद्यार्थी मात्र भर्ना भएका छन ्। डुडुवा गाउँपालिका ५ स्थित नानुपुरुवाको कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा ३, ४ र ५ कक्षामा एक एक जना विद्यार्थी मात्र भर्ना भएका हुन्। कक्षा ३ मा ऋतु घर्तीमगर, कक्षा ४ मा अशोक घर्तीमगर र कक्षा ५ मा आशिका पुलामी मात्र भर्ना भएका छन्। यी विद्यार्थीलाई पढाउने शिक्षकको संख्या पनि ३ नै रहेको छ। तीमध्ये प्रधानाध्यापक शंकर सिंह र मालतीप्रसाद यादव स्थायी दरबन्दीका छन् भने जगदीश रोका अस्थायी दरबन्दीका शिक्षक हुन्।

सोमबार निमित्त जिल्ला समन्वय अधिकारी गोरख थापा, डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ललायतको टोलीले अनुगमन गर्दा यस्तो रहस्य खुलेको हो।