दीलिप रायमाझि नाँचेको गीत ट्रेन्डिङ्ग १ मा( भिडियो सहित)

काठमाडौँ – पप गायक दिपक बज्राचार्यको स्वरमा रहेको ‘मन मगन’ गीत यति बेला चर्चामा छ । धेरै बाजागाजा र लोक भाका मिश्रित यो गीतको ओरिजिनल भिडियो झण्डै १५ लाखले हेरिसकेका छन् ।

यहि गीतमा नायक दीलिप रायमाझि सहितको टोलीले गरेको कभर डान्स युट्युबको ट्रेन्डिङ्ग नं १ मा आइपुगेको छ।
नाँच्ने टोलीमा नायक दीलिप रायमाझि, राहुल शाह सँगै युमि, अमर, क्रतिका, सुनिल, राकेश, निरञ्जन, उपासना, सदीक्षा, सुनिता, मेलिना रहेका छन्।