काठमाडौमा देखियो बर्डफ्लु

काठमाडौं १२ जेठ — केही दिनअघि चितवनमा देखिएको बर्डफ्लु संक्रमण काठमाडौंमा पनि देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तर्गत धर्मस्थलीमा हाँस र कुखुरामा बर्डफ्लु देखिएको हो ।
सानो खोरमा पालिएका कुखुरा र हाँसमा बर्डफ्लु फेला परेको पुष्टि भएपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा खटाएको थियो ।