आईपीएलको फाइनलमा हैदरावाद

 

काठमाडौं, १२ जेठ— इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ । गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै हैदरावादले उपाधिका लागि चेन्नाई सुपरकिंग्ससँगको भिडन्त पक्का गरेको हो ।  आईपीएलको ११ औं संस्करणको फाइनल भिडन्त आइतबार हुने छ ।