महिला कप झापामा आज सालबारी र जुनताराबिच प्रतिस्पर्धा हुने

काठमाडौ १० जेठ —महिला कप झापा जिल्ला स्तरिय फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज पारिजात महिला फुटबल क्लब सालबारी र जुनतारा महिला फुटबल क्लब खुदुनाबारीबीच प्रतिस्पर्धा हुँदैछ ।
हिजो भएको खेलमा झापा युवा परिवारलाई १–० ले पराजित गर्दै सनसाइन फाईनलमा पुगेको छ ।
प्रतियोगिताको विजेताले ५५ हजार र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।