नवलपुरको दुम्कीवासमा बस दुर्घटना, ३२ घाइते

काठमाडौ, जेठ १० —काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको बस नवलपुरको दुम्कीवास नजिक दुर्घटना भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।