अन्तराष्ट्रिय बालनाटक महोत्सव जेठ १२ गतेदेखि

काठमाडौ — बालबालिकाको क्षमता वृद्धि गर्ने उदेश्यले जेठ १२ गतेदेखि अक्षरा स्कुल काडाघारीले दोसा्रे अन्तराष्ट्रिय बालनाटक महोत्सव गर्ने भएको छ । महोत्सवमा १० देशको सहभागिता रहने महोत्सवका प्रमुुख टंक चौलागाइले बताए । बंगलादेश, डेनमार्क, भारत, पाकिस्तान,श्रीलका, जर्मनी, रसिया, इन्डोनेशिया, स्लोमभाकिया,र स्विजरल्यान्डका बाल नाटकहरु हेर्न सकिने भएको छ ।
बिद्यालय स्तरका बालबालिकालाई हौसला बढाउन र बिभिन्न देशबिच सहकार्य गर्ने अवसर समेत मिल्ने भएकाले महोत्सवका आयोजना गरेको अक्षरा स्कुलकी प्रमुख अञ्जु भटराइले बताइन । महोत्सव  १५ गते सम्म चल्नेछ ।