प्रधानमन्त्री ओली चिन जाने तयारीमा

काठमाडौ,७ जेठ — काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने तयारीमा रहेका छन ।
उनी असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ । प्रधानमन्त्री ओलीले दुबै छिमेकीबाट राष्ट्रिय हितका पक्षमा अधिकतम लाभ लिने नीति अवलम्वन गर्दै आगामी महिना चीन जाने बताएका छन् । यस भ्रमणको पूर्व तयारीका लागि एक महिना अघि नै परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली चीन गएका थिए ।