राष्ट्रकवि घिमिरे ग्राण्डी अस्पतालमा भर्ना, रोकिएन आन्तरिक रक्तश्राव

 

काठमाडौं— ७ जेठ, राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।
उनको अहिले हाईकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । साथै आन्तरिक रक्तश्राव पनि भइरहेको छ ।
चिकित्सकहरुले भने इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् । तर, नेपालमा विज्ञको अभाव भएकाले भारतबाट बोलाउन अस्पतालले समन्वय गरिरहेको छ ।