नीति तथा कार्यक्रममा कसले के भने

जेठ ८, काठमाडौं – सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असल निबन्ध भएको टिप्पणी गरेको छ। कांग्रेसले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनको योजना नभएको बताएको हो।

नीति तथा कार्यक्रम सुनेर बाहिरिँदै गर्दा प्रमुख विपक्षी नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम स्पष्टीकरणजस्तो लागेको बताउनुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्न नै आवश्यक नभएको बताउनुभयो।

त्यसैगरी कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नीति तथा कार्यक्रम सुन्दा राम्रो रहेको र नयाँ योजनाहरू ल्याइएको बताउँदै बजेट प्रस्तुत भएपछि मात्र पार्टीले आधिकारीक भनाइ सार्वजनिक गर्ने बताउनुभयो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

नीति तथा कार्यक्रम स्पष्टीकरण जस्तोस्  देउवा
संविधान संशोधन छुटाइयोस् महतो
स्थानीय र प्रदेशलाई जोड दिन सकेको छैनस् भट्टराई