१२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने सरकारको निर्णय

जेठ ७, काठमाडौं – सरकारले १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले चुरे तथा भित्रि मधेसका उपत्यका जोड्ने राजमार्ग बनाउने निर्णय गरेको हो।

राजमार्ग झापाको शान्तिनगरबाट सुरु भएर डडेलधुराको रुपाल पुगेर टुङ्गिने सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।

आइतबार साँझ बालुवाटरमा बसेको बैठकले झापाको शान्तिनगरबाट सुरु हुने राजमार्गले धरान, चतरा, गाइघाट, सिन्धुलीमाडी,  हेटौँडा, गैँडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान मच्छी, घोराही, बोटेचौर सुर्खेत, बर्दीचौर, सिमचौर, विपीनगर, सहजपुर, बुडर, जोगबुढा हुँदै रुपाल पुगेर टुङ्गिने गरि निर्माण गर्ने निर्णय गरेको हो।

राजमार्गको नाम मदन भण्डारी राजमार्ग राखिदे बास्कोटाले बताए। यसैबीच मन्त्रिपरिषद्ले संसदमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।