नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यहरुको टुंगो लगाउदै नेताहरु

जेठ ४, काठमाडौं—देशका दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भए पछि बनेको शक्तिशाली नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यहरुको टुंगो लागाउन नेताहरु जुटिरहेका छन । विहिवार नया पार्टीको घोषणा गरे सँगै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटि सदस्य हुने वताइएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालय बनिसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटिले पूर्णता पाए पछि मात्र प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण प्रकृया अघि बढ्ने भएको छ । आज दिनभरीमा तत्कालिन एमालेको तर्फबाट ४१ केन्द्रीय सदस्यको टुंगो लाग्नेछ । यसैगरि तत्कालिन माओवादीको तर्फबाट २०० सय केन्द्रीय सदस्य र १९ स्थायी कमिटी सदस्यको टुंगो लाग्न सकेको छैन ।
नेकपाको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी टुंगो लागे पछि पोलिटव्यूरो गठन हुनेछ । पोलिटव्यूरो बढीमा १३५ सदस्यसम्मको हुनेछ । तल्ला कमिटी र भातृ संगठनहरुको एकीकरण प्रक्रियाबारे तत्कालै प्रक्रिया अघि बढ्ने नेकपाका महासचिव विष्णु पौडेलले बताए ।
प्रदेश कमिटी १५१ सदस्यीय हुने र जिल्ला कमिटी न्युनतम ७५ सदस्यीय हुने भनिएको थियो । त्यस्तै महानगरपालिका कमिटी ७५ सदस्यीय, उपमहानगरपालिका कमिटी ६१ सदस्यीय,नगरपालिका र गाउँपालिका कमिटी ५१ सदस्यीय रहने तथा वडा कमिटी २५ सदस्यीय हुने निर्णय भएको थियो ।